यसपटक जाडोमा तापक्रम औसतभन्दा बढी रहने अनुमान

10.8k Shares

काठमाडौँ । नेपालमा जाडो मौसम सुरु भएको छ । यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरिएको छ । 

जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण आफूहरूले गरिरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रवक्ता विभूति पोखरेलले बताइन् । 

मङ्सिर १९ गते (बुधबार) का दिन दिउँसो र रातिमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

पछिल्लो समय हिउँदमा पानी पर्ने प्रवृत्ति घटेको छ । हिउँद सुक्खा हुने गरेको पाइन्छ । यसले तापमान बढ्ने देखिन्छ । सम्पूर्ण क्षेत्रमा पर्यावरणीय क्षेत्रमा असर पर्ने देखिन्छ । 

 

 

 

 

सम्बन्धित समाचार