11.5k
Shares
काठमाडौं – नेपाललाई उत्तरी छिमेकी देश चीनसँग जोड्ने ११४ किलोमिटर लम्बाइको अरनिको हाइवे आजभन्दा ५७ वर्षअघि सन् १९६७ मै तयार भएको हो । नेपाल खण्डतर्फ चीनको सीमानजिक कोदारीसम्म पर्ने यो सडकलाई बोलीचालीमा कोदारी राजमार्ग पनि भनिन्छ ।
चिनियाँ सहयोगमा इन्टरमिडियट लेनको ट्रयाक खोलेको वर्षौं बित्दासमेत सडकमार्ग विस्तार, पुनःनिर्माणको काम हुन सकेको छैन । जसकारण नेपाल र चीनबीच हुने द्विपक्षीय पारवहन नै प्रभावित हुँदै आएको छ । चीनबाट वार्षिक अर्बौं रुपैयाँका सामान आयात हुने तातोपानी नाकासम्म पुग्ने स्तरीय सडकमार्ग नबन्दा सरकारले अपेक्षित राजस्वसमेत उठाउन सकेको छैन ।