अल्लु अर्जुन स्टारर फिल्म पुष्प २ सेन्सर पास

11.6k Shares

 बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ आगामी डिसेम्बर ५ गतेबाट हलमा रिलिज हुँदैछ । चलचित्रले सेन्सर बोर्ड (सीबीएफसी)बाट यूरए प्रमाणपत्र प्राप्त गरेको मुख्य अभिनेता अल्लु अर्जुनले पोस्टमार्फत जानकारी दिएका छन् ।

योसँगै सीबीएफसीले फिल्मका तीन संवाद र केही दृश्यमा परिवर्तन गर्न निर्देशन दिएको छ । तीनवटा अपमानजनक शब्दहरू म्युट गर्न पनि सुझाव दिइएको छ। यी परिवर्तन गरेपछि मात्र चलचित्र निर्धारित मितिमा रिलिज हुनसक्छ ।

सेन्सर सर्टिफिकेटले फिल्मको रनटाइम ३ घण्टा २० मिनेट र ३८ सेकेन्ड रहेको बताएको छ। जबकि पुष्पा फिल्मको पहिलो भागको रनटाइम २ घण्टा ५९ मिनेट थियो । 

फिल्म पुष्प २ तमिल, तेलुगु, हिन्दी, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुनेछ। यो पहिलो पान इन्डिया फिल्म हो, जुन बंगालीमा पनि रिलिज हुनेछ। फिल्म स्ट्यान्डर्ड, थ्रीडी, आइम्याक्स, फोरडीएक्स, डी–बक्स ढाँचामा रिलिज हुनेछ ।

सम्बन्धित समाचार