13.7k
Shares
काठमाडाैँ । मकवानपुरमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । मनहरी गाउँपालिका-६ प्रतापुरको लच्काका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन् ।
बिहीबार बिहान साढे १ बजे आफ्नै घरमा सुतिरहेका मोक्तानमाथि लोप्चनले साबेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साबेल प्रहारपछि गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लोम्चन र मोक्तानसँगै मजदुरीमा हिँड्थे । उनीहरू निर्माण क्षेत्रका काममा मजदुरी गर्थे ।
साबेल प्रहार गर्ने लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।