५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

9.2k Shares

काठमाडौं । ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ ।

सम्बन्धित समाचार