सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भएः जनार्दन शर्मा

12.8k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा राजनीतिक दलहरू उदासीन भएको आरोप लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालय द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा आयोजना गरेको शान्ति प्रक्रियाः विगत र वर्तमानसम्बन्धी अन्तर्क्रियामा शर्माले उक्त आरोप लगाएका हुन् ।  

‘संविधान र सङ्घीयता कार्यान्वयनका लागि राजनीतिक दलहरू नै उदासीन देखिएका छन् । आवश्यक कानुन बनिराखेको छैनन् । बनेका कानुन पनि कार्यान्वयन हुन सकेको छैन । जो प्रधानमन्त्री भए पनि सङ्घीय प्रहरी कानुन लागु भएको छैन । शिक्षा ऐन, सङ्घीय निजामती ऐन बन्न सकेको छैन’, उनले भने ।  

यस्तै तत्कालीन कांग्रेस सरकारको पालामा रुकुम र रोल्पामा ठुलो  दमन भएकोले आफू जनयुद्धमा सहभागी भएको शर्माले बताए ।

सम्बन्धित समाचार