ओली–गौतमबीच भनाभन

17.5k Shares

काठमाडौं । नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठक केही असामान्य भयो । प्रायः केपी शर्मा ओली बोल्ने र अरु सुन्ने बैठक अलि भिन्न भयो । ओलीसँग खुलेर बोल्न नसक्ने बैठकमा त्यस दिन बामदेव गौतम जँगिए । उनले ओलीको चर्को आलोचना गरे । व्यङ्ग्य गरे । कारबाहीसम्म हुनुपर्ने भने । त्यसले ओली रुष्ट भई गौतमको आलोचना गरे । त्यस क्रममा भनाभन नै भएको थियो ।
बामदेवले ओलीको बोलीप्रति आक्रोश पोखे । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुप¥यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुप«¥यो,’ ओलीकै सामुन्ने उनको आलोचना गर्दै बामदेव जँगिए । गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो । उनी त्यसपछि झन् कडा रुपमा प्रस्तुत हुँदै गए । उनले भने, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुप¥यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’
पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले भने, ‘पार्टीमा कसैले गल्ती ग¥यो भने राजनीतिक कारबाही हुन्छ ।’ उनले घुमाउरो तरिकाले ओलीमाथि कारबाहीको विषय पनि उठाए । ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको समेत आरोप लगाए । उनले ओलीमाथि व्यङ्ग्य गर्दै भने, ‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा केही अधिकारहरु थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’
गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए । आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । ‘माधव नेपाललाई केही भन्न नपाइने ?’ प्रश्न गरे । उनले गौतममाथि आफ्नै दलको प्रधानमन्त्रीलाई हटाउने देखि पार्टीमा क्षति पु¥याउन साँठगाँठ गरेको आरोप लगाए । दुवैबीच भनाभन भयो । त्यसपछि गौतम बैठकबाट निस्किएर हिँडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी उठे । गौतम बैठकमा पनि गएनन् । ओलीसँग पछिल्लो समय असन्तुष्ट गौतम माधवकुमार नेपाल पक्षमा छन् । तर, उनी ओलीको बैठकमा सोमबारसम्म सहभागी भए । तर, सोमबारको बैठकलाई अन्तिम भन्दै निस्किएका छन् । गौतम कुनै हालतमा एमालेबाट ओलीलाई अध्यक्षबाट हटाउने कि पार्टी अर्को सुरु गर्ने पक्षमा छन् ।

सम्बन्धित समाचार