काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले राजीनामा दिएको पुष्टि गरे । यसअघि राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरेका थिए ।
आज लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र अविश्वासको प्रस्तावमाथि छलफल बढ्ने तय भएको थियो । त्यस अगावै उनले राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेका हुन् ।
उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुने गरी गठबन्धनले सांसद संख्या पुर्याइसकेका थिए । त्यसकारण पनि उनी पछि हटेका हुन् ।
पोखरेलको पक्षमा ३८ सांसद छन् । जुन ८० सांसद रहेको लुम्बिनी प्रदेशमा अल्पमत संख्या हो । गठबन्धनले ४२ सासद तयार पारिसकेका छन् ।