पक्राउ पर्ने रास्वपाका नेता कार्यकर्ताको सङ्ख्या ३३ जना पुग्यो

12k Shares

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मंगलबार गरेको बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ जना पुगेको छ । 

 सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।  प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ । 

सो क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 

सम्बन्धित समाचार