'ज्वाइँ गोरखशमशेर र अम्बिका राणाले प्रधानराज गुठी भनी स्विकारेका छन्, मोही हक लाग्दैन’

12k Shares

काठमाडौं । ठमेलको कमलपोखरी मासेर व्यक्तिका नाममा ल्याएर बनाइएको १५ तले छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै परेको रिटमा आइतबार रिट निवेदक पक्षले दर्तावाल गुठीमा मोही हक नलाग्ने जिकिर गरेका छन् । न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुुनवाइ भइरहेको यस मुद्दामा सार्वजनिक पोखरीको जग्गामा मोही हक लाग्छ कि लाग्दैन भन्ने विषयमा बहस हुँदा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले १६ मंसिर २०३३ मा नापी हुँदा फिल्डबुकमा पोखरी भनेर लेखिएपछि सो जग्गा मोहीको हक कसरी लाग्छ भनी प्रश्न उठाए ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५, उपदफा ५ (ग र घ)ले ‘नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति वा औद्योगिक व्यवसायका निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति’लाई मोहीको हक नलाग्ने भनेको अवस्थामा कुन कानुनका आधारमा सो जग्गा व्यक्तिको हुन्छ भनी प्रश्न उठाए । त्यस्तै, वरिष्ठ अधिवक्ता भण्डारीले यसअघि सर्वोच्च अदालतले निस्सा दिँदा नै सो जग्गाको विषयमा मार्गप्रशस्त गरिसकेको प्रसंग उठाए । ‘गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) प्रतिकूल भनेको छ, सो दफामा देवस्थल रहेका वा देवीदेवता देवस्थल पर्वपूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ती जग्गा कुनै व्यक्तिका नाममा दर्ता नगरिने उल्लेख छ, त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्नेछ, अब सो जग्गा कुन आधारमा व्यक्तिको गर्न मिल्छ श्रीमान् ? उनले इजलाससामु भने

वीरेन्द्रका ज्वाइँ गोरखशमशेर र अम्बिका राणाले सो जग्गा प्रधानराज गुठीको भनी स्वीकार गरिसकेको अवस्था रहेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्दै भने, ‘दर्तावाल मोही हुन नसक्ने र दर्तावाल मोहीलाई दर्ता गर्ने अधिकार हुँदैन ।’ अदालतका कुनै कर्मचारीले यो जग्गा तिमीहरूको मोही लाग्छ भनेर मिलापत्र गराउँदैमा राज्यको सम्पत्तिमा मोही हक कायम गरेर व्यक्तिको बनाउन नमिल्ने वरिष्ठ अधिवक्ता भण्डारीको जिकिर छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार