लागु औषधसहित एक जना पक्राउ

11.2k Shares

काठमाडौँ । लागु औषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  २२१ के. जी. ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो । 

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडिबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए । 

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना।५ ख। १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडिपट्टिको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याउँदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार