पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई बिहीबार अदालत उपस्थित गराउने पोखरामा सुरक्षा व्यवस्था कडा थियो । कास्की जिल्ला अदालत परिसर शहीदचोक, राष्ट्र बैंकचोक, रत्नचोक, मुस्ताङचोक, ड्यामसाइड क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भइसकेका थिए ।
यसैक्रममा लामिछानेलाई अदालत लैजानुपूर्व कार्यालय समयअघि रास्वपाले पत्रकार सम्मेलन ग(यो । पोखरा–१७ बिरौटामा भएको पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी तथा सांसदहरू लहरै थिए । पत्रकार, सञ्चारकर्मी, यूट्युबरलगायत रास्वपा कार्यकर्ताको उपस्थितिले उत्तिकै भीडभाड थियो ।
आफ्ना अध्यक्षलाई राजनीतिक प्रतिशोधका कारण फसाइएको दाबी गर्दै रास्वपाले आन्दोलन जारी राख्दै अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने जनाउँदै गर्दा उता लामिछानेलाई अदालत लगेको खबर आयो ।
बाईचोकमा शान्तिपूर्ण आन्दोलन गर्ने कुरा पत्रकार सम्मेलनमार्फत जनाएको रास्वपाको आन्दोलन सुरु नहुँदै लामिछानेसहित छविलाल जोशीसमेत अदालतको कठघरामा उभ्याइसकिएका थिए ।
गत आइतबारजस्तो अदालत परिसरमा आन्दोलन गर्न रोक्नलाई प्रहरीले बाक्लो सुरक्षा घेरा हालिसकेको थियो । त्यसो त, बिहीबार फेरि म्याद थप हुनसक्ने र रास्वपा कार्यकर्ताको आक्रोशले सम्भावित क्षति हुन नदिन निषेधाज्ञालाई कडाइका साथ लागू गरिएको थियो । त्यस क्षेत्रमा सवारी आवागमन पूर्णरूपमा रोकिएको थियो । पैदल यात्रामा रहेका सर्वसाधारणलाई समेत हिँडडुलमा कडाइ गरिएको थियो । यसरी हेर्दा, २०६२÷०६३ सालको जनआन्दोलनको झल्को दिइएको महसुस हुन्थ्यो । राष्ट्र बैंकचोक, शहीदचोकलगायत क्षेत्र पुरै खाली थियो ।
राष्ट्र बैंकचोकभन्दा केही माथि बाईचोकमा रास्वपा कार्यकर्ताले पूर्वघोषित विरोध प्रदर्शनलाई बिहीबार फरक रूपमा प्रस्तुत गरे । उनीहरूमध्ये अधिकांशले टाउकामा नीलो पट्टी बाँधेर ‘नीलो क्रान्ति’को नाम दिँदै सडकमै बसेर विरोध प्रदर्शन गरे । कतिपयले विभिन्न नाराअंकित प्ले कार्ड बोकेका थिए । ‘न्याय मार्न पाइँदैन’, ‘भ्रष्ट सरकार राजीनामा दे’लगायत नाराअंकित प्ले कार्ड बोकेका रास्वपा कार्यकर्ता कतिकति बेला नाराबाजीमा पनि उत्रिन्थे ।
उता, अदालतमा लामिछानेका विषयमा बहस पैरवी चलिरहेको खबर थियो । यत्तिकैमा दिउँसो साढे २ बजिसकेपछि एउटा खबर बाहिरियो, लामिछानेलाई ७ दिनको म्याद थपियो भन्ने ।
जसबाट रास्वपा कार्यकर्ता तथा तिनका समर्थक झनै आक्रोशित बने । प्रहरीको घेरा तोडेर अघि बढ्दा भीड अनियन्त्रित भयो । प्रहरीले दुईपटक अश्रु ग्यास प्रहार ग¥यो । रास्वपा कार्यकर्ताले सरकारको रवैयाविरुद्ध चर्को नाराबाजी गर्दै लामिछानेको तत्काल रिहाइको माग गरिरहे ।
नजिकैको मुस्ताङचोकमा सहकारीपीडित पनि थालमा ढुंगा राखेर छुट्टै आन्दोलन गरिरहेका थिए । ‘जीबी राई कहाँ छ रु रविलाई थाहा छ’लगायत नाराबाजी गर्दै उनीहरूले आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने मागसहित धर्ना दिइरहेका थिए । लामिछानेसँगसँगै जोशीलाई पनि म्याद थपिएको सूचनापछि उनीहरू भने केही शान्त बने ।
अदालतको पछिल्लो आदेशले ६ दिनदेखि अशान्त बनेको पोखरा शुक्रबारदेखि भने केही शान्त हुने आँकलन छ । आजकाे राजधानी दैनिकबाट