ललितपुर । ललितपुर क्षेत्र नं. १ चापागाउँमा संचालिन ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ नाराका साथ सञ्चालिन ‘फु्ड बैंक’ लाई नेविसंघ ललितपुरले सहयोग गरेको छ ।
नेविसंघ ललितपुरका अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धब दाहाल, सचिब दिपक घिमिरे, कोषाध्यक्ष दिनेश घोरासइनी, स्थानिय रवि महर्जन र नविन केसीले चापागाउँ पुगेर चामल, दाल, नुन, लगायतका खाद्य सामग्री खरिद गर्न नगद हस्तान्तरण गरेका छन् ।
नेबिसंघ ललितपुरका अध्यक्ष मथृुरा शर्माका अनुसार गत चैत्र महिनादेखि भएको ‘लक डाउन’को समयमा लगनखेल डोजोमा निःशुल्का खाना खुवाउने अभियानमा पनि नेबिसंघले सहयोग गरेको बताएका छन् ।
ललितपुर जिल्ला प्रतिनिधीसभा क्षेत्र नं. १ अन्तरगत गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा मंगलबार देखि तरुण दलका क्षेत्रिय सचिव अनिल श्रेष्ठको नेतृत्वमा ‘फुड बैंक’ अभियान चलिरहेका छ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) ले सामान्य जनताको जीवनयापनमा समस्या भएको यो समयमा ‘फुड बैंक’ सञ्चालन गर्दा गरिव जनताको लागि केही राहत मिल्ने र सहयोग गर्न चहानेले त्यहाँ आएर सहयोग गर्न सक्ने आयोजक संस्था नेपाल तरुणदलले बताएको छ । यो अभियान बिशेष गरि ललितपुरको क्षेत्र नं. १ का जनतालाई लक्षित गरि अगाडी बढाइएका हो । यो अभियान निषेधाज्ञाको अवधिभर चलिरहने अभियान प्रत्यक्ष सहयोग गरिरहेका नेपाली काँग्रेस खेलकुद बिभाग सचिव। महासमिती सदस्य, नेका युवा नेता तथा राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले खोजतलासलाई जानकारी दिएका छन् ।