प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

14.2k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मिन बहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिवाना रकम समेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्- ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्धा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धता सहित सो बापत प्रधानमन्त्री केपि शर्मा ओली ज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार