कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

13.3k Shares

काठमाडौँ ।  नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार स्वीकृत गरी आज ढकाललाई नियुक्त गरिएको हो ।

नेता चौधरीले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने ढकाललाई प्रमुख सचेतक नियुक्त गरेको जनाएका छन्। तिमिल्सिनाले मन्त्री बन्न नपाएपछि राजीनामा दिएमा थिए ।

 
सम्बन्धित समाचार