युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस

17.6k Shares

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव पारेको छ। ५ नोभेम्बरमा हुने निर्वाचनमा मतदाताका लागि राष्ट्रपति उम्मेदवार डेमोक्र्याटकी कमला ह्यारिस र रिपब्लिकका डोनाल्ड ट्रम्पको यस निर्वाचनमा बारे व्यक्त गर्ने धारणा महत्त्वपूर्ण मानिएको छ।

सिबिसी न्युज च्यानलमा उपराष्ट्रपति कमला ह्यारिसले दिएको अन्तरवार्तामा उनले संयुक्त राष्ट्र सङ्घ र युक्रेनको असहमतिमा युद्धविराम हुन नसक्ने बताएकी छन्।

उनले भनिन्, ‘युक्रेनको चासो बिना र संयुक्त राष्ट्र सङ्घको चार्टरको अनुसरण बिना त्यहाँ युद्धविराम सम्भव नै छैन। युक्रेनको अनुपस्थितिमा दुई पक्षको निर्णय गर्न मिल्दैन। किनकी युक्रेनको भविष्यको निर्णय गर्ने अधिकार युक्रेनको मात्र हो।’

ह्यारिसले युक्रेनेको नाटोमा उपस्थितिको विषयमा अहिले नै सबै निश्चित रूपमा भन्न नमिल्ने तर सम्भावना कायम रहेको बताइन्।

ह्यारिसले अमेरिकामा आप्रवासीको समस्या बढ्नुको मूल कारण डोनाल्ड ट्रम्पको सीमा सम्बन्धी विधेयक पास गर्न नदिएर अथवा रिपब्लिक पार्टीको अवरोधको कारण अमेरिकामा आप्रवासी समस्या बढेको बताएकी छिन्।

सम्बन्धित समाचार