ललितपुर । चापागाउँस्थित भन्सार डबलीमा अन रक्स ग्रुप र लायन्स क्लव काठमाडौं शुभआरम्भद्वारा आज रक्तदान कार्यक्रम संचालन भएको छ ।
सो रक्तदान कार्यक्रमको प्रमुख अतिथि पूर्व अर्थराज्य मन्त्री तथा तरुण दल पूर्व केन्द्रीय अध्यक्ष उदयशमशेर राणाले उद्घाटन गरेका थिए भने विशेष अतिथिहरुमा नेपाली कांग्रेस खेलकुद विभाग सचिव तथा नेका युवा नेता मीन कृष्ण महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन रहेका थिए ।

त्यस्तै अतिथिहरुमा अतिथिमा नेपाली कांग्रेस गोदावरी नगर कार्य समिति सभापति सुरज श्रेष्ठ, तरुण बिभाग बागपति प्रदेश संयोजक पदम नारायण तिमल्सिना, सचिब उमेश मेहेर कायस्थ, ने.का.गो.न.पा.११ सभापति सागर चित्रकार, ने.बि.संघ ललितपुर १ अध्यक्ष राज लामालगायत रहेका थिए ।

सो रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको अन द रक्स ग्रुपका अध्यक्ष नबिन श्रेष्ठले जानजारी गराए छन् । उक्त ग्रुपले प्रत्येक बर्ष रक्तदान गर्दै आई रहेको छ ।
कार्यक्रममा आरएसी इन्टरप्राइजेजका संचालक राहन चित्रकारले मायाको चिनो प्रमुख अतिथि उदय शम्सेर राणा र विशेष अतिथि मीनकृष्ण महर्जनलाई दिनुका साथै निःशुल्क सुगर टेस्ट पनि गरिएको थियो ।