ललितपुर । हरेक दुःख सुखमा जनतालाई साथ दिँदै आएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले केही दिन अगाडि आएको विनाशकारी बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई व्यक्तिगत १५ हजार रुपैयाँ दिने भएका छन् ।
ललितपुरको दक्षिणी भेगमा बाढी पहिरोले ठूलै क्षति पु¥याएको छ । नेपाल सरकारले पनि दक्षिण ललितपुरको चारवटा पालिका संकटग्रस्त घोषणा गरिसकेको छ । युवा तथा खेलकुद मन्त्री महर्जनले प्रतिनिधित्व गरेको क्षेत्रमा पनि ठूलै धनजनको क्षति भएका कारण पीडितहरुलाई परेको बज्रपातमा साथ दिँदै मल्हम लगाउने काम गरेका छन् ।

गएको ७२ सालको विनाशकारी महाभूकम्पमा पनि आफ्नो ज्यानको परवाह नगरी घरघरमा गई राहत वितरण गर्नु भएका महर्जनले हालै गएको बाढी पहिरोका कारण पीडामा परेका जनताको घरघरमा भई सान्त्वना दिनुका साथै राहत वितरण र मृतकका परिवारलाई थोरै भए पनि नगद दिनुले पीडामा परेका जनतालाई ठूलै राहत मिलेको नेपाली कांग्रेस प्रचार प्रसार विभागका केन्द्रीय सदस्य विष्णु प्रसाद तिमल्सिनाले खोजतलासलाई बताएका छन् ।