प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार

14k Shares

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो । 

समिति सदस्य ईश्वरी घर्तीले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको बताइन् । राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जनाएको छ । धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको अर्का एक सदस्यले बताए । 

‘उजुरीहरू धेरै छन् । सबैको अध्ययन गर्नुपर्छ । त्यसैले बुधबारको कार्यातालिका भएपनि उक्त दिन सुनुवाइ नहुन पनि सक्छ’, ती सदस्यको भनाइ छ । संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

 
 
 
सम्बन्धित समाचार