काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ‘Dashain 2X Rewards Offer’ अन्तर्गत, बैंकका ग्राहकहरूले यही मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।