नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा हजुरबुवा पक्राउ !

15.4k Shares

मोरङ –  मोरङको उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ। एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका हुन्।

प्रहरीले ७० वर्षका आरोपित हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। बलात्कारको प्रयास भएपछि उक्त छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटनाबारेमा जानकारी गराएकी थिइन्।

त्यसपछि प्रहरी सामु तिनै शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई हिजो साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार