काठमाडौँ । फिल्म ‘तेल भिसा’ को डबिङको काम सुरु भएको छ । आइतबार काठमाडौँको अनामनगरस्थित सम्राट फिल्मसमा डबिङ सुरु गरिएको हो । फिल्मको पहिलो डबिङ अभिनेता विपिन कार्कीले गरे । विपिनको डबिङ अझै केही दिन चल्नेछ ।
विपिनसँगसँगै अभिनेत्री पुजा चन्दको पनि डबिङ भैरहेको निर्देशक शंकर घिमिरेले बताए । अभिनेता कार्कीले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको डबिङ आफ्ना लागि बिशेष समय राख्ने बताए । ‘मैले फिल्ममा बुबा र छोराको भूमिका निभाएको छु । त्यसैले डबिङमा बिशेष ध्यान दिनुपर्ने छ’ कार्कीले भने ।