'मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो' - सभापति लामिछानेले

13.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध प्रमाण भएको बताउनेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बसेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले गर्दै उनले भनेका छन्, 'अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चै होइन रहेछ, तर।।। भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ,' लामिछानेले पार्टीको राष्ट्रिय भेलामा बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

उनले राज्यका सारा संरचना लगाएर आफूलाई 'पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खसेको, एमाले आफैँ फसेको' दाबी गरेका छन् ।

सम्बन्धित समाचार