अदानी समूहमाथि हिन्डनबर्गको नयाँ आरोप

17k Shares

काठमाडौँ । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले एकपटक फेरि अदानी समूहमाथि आरोप लगाएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा हिन्डनबर्गले एउटा पोस्ट गर्दै हिन्डनबर्गले सो आरोप लगाएको हो । कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरणको आरोपमा स्वीस बैंकहरूले अदानी समूहको २१ करोड डलर रोक्का गरिदिएको छ ।

हिन्डनबर्गले स्वीस सञ्चार माध्यममा छापिएको समाचारलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । तर यो आरोपलाई अदानी समूहले पूर्ण रूपमा अस्वीकार गरेको छ । ‘२०२१ को सुरुमा अदानी समूहमाथि सम्पत्ति शुद्धीकरण र सेक्युरिटीज ठगीबारे अनुसन्धान भएको थियो, यस मामिलामा स्वीस बैंकमा कम्पनीले जम्मा गरेर राखेको ३१ करोड डलर भन्दा अधिक रकम रोक्का गरिदिएको छ ।

’ स्विस मिडियामा सार्वजनिक भएको स्वीस आपराधिक रेकर्डलाई उद्धृत गर्दै हिन्डनबर्गले लेखेको छ । एक विज्ञप्ति जारी गर्दै अदानी समूहले यस कुराको अस्वीकार गरेको छ । यो आरोपलाई समूहले निराधार भनेको छ । यसलाई उसले समूहको प्रतिष्ठालाई ध्वस्त पार्ने र यसको बजार मूल्यमा क्षति पुर्‍याउने योजनाबद्ध प्रयास भनेको छ ।

 
 
सम्बन्धित समाचार