12.9k
Shares
काठमाडौं । आफ्नो गाडी बलियो रहेको पुस्टी गर्न निसान मोटर्सले नयाँ मार्केटिङ क्याम्पियन लन्च गरेको छ । कम्पनीले चालक सहितको गाडीलाई २१३ फिट माथिबाट खसालेको हो ।
निसान एक्सट्रयालभन्दा केहि सानो साइजको मिडसाइज एसयूभी ‘कश्काई’ मोडलमा चालक राखेर खसालिएको थियो । चालक सिटमा थिए स्टन्ट म्यान लोरेन्ट लास्को नामका ब्यक्ति ।
निसानको नयाँ कश्काईलाई फ्रान्सको पिउडो सहरको बीचमा क्रेनमा राखेर ६५ मिटर अग्लो स्थानमा लगेर बन्जी जम्प गराएको थियो । यो जम्पसँगै निसान कश्काईले ‘हाइएस्ट कार बन्जी जम्प’मा गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको हो ।