17k
Shares
काठमाडौँ । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का लागि चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय र ४६ वर्षीय राज कुमार घोस रहेका छन् । कुल २९ लाख बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।