बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिन मन्त्री अधिकारीलाई समितिको निर्देशन

13.7k Shares

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भुमिव्यवस्था, सहकारी र गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीका बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिने निर्देशन दिएको छ।

मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा उत्रिएको अभिव्यक्ति दिएपछि छानबिन समितिले ध्यानकर्षण जनाएको हो।

बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री अधिकारीलाई निर्देशन दिएको छानबिन समितिका सभापति सूर्य थापाले जानकारी दिए। 

मन्त्रालयलाई सकारात्मक पहलकदमी लिदै पीडिहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गराएको बताए। आन्दोलनकारीहरूलाई संसदीय छानविन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमान्दार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरेका छन्।

सम्बन्धित समाचार