‘ईन्जिनियरिङ समुदायको समुन्नतिः दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक ईञ्जिनियरहरुको समूह देश दौडाहामा

13.2k Shares

काठमाडौ‌:  ‘ईन्जिनियरिङ समुदायको समुन्नतिः दशकको दृष्टिकोण’ नाराका साथ  लोकतान्त्रिक ईञ्जिनियरहरुको समूह देश दौडाहामा छ ।  देशमा बढिरहेको ईञ्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा यो समूहले प्राथमिकताका साथ उठाएको छ । लोकतान्त्रि समूह (सिडेन)ले देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने सिडेनका तर्फबाट नेपाल इन्जिनियर्स एसोसियसनमा अध्यक्षका उम्मेदवार सुवाचन्द्र बरालले बताए । 

त्यस्तै,  प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै ईञ्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत लोकतान्त्रिक समुहको योजना छ । यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने विश्वास छ ।

राज्यका विकास योजनामा ईञ्जिनियरिङ सकेकालाई अवसर

अहिले देशैभर ईञ्जिनियर उत्पादन भैरहेको छ । तर, कतिपयले रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको छ । अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरुमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन् । 
बुटवलमा बुधबार सम्पन्न कार्यक्रममा बोल्नेक्रममा अध्यक्षका उमेदवार बरालले भने, ‘भर्खरै ईञ्जिनियरिङ पढाइ सकेर बसेकाहरुलाई सरकारका विकास योजनामा संल्गन गराउन सकिन्छ । यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ ।’ 

यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने र स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाई समेत सम्बोधन हुने गरी दुवै तहमा ईञ्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरुसँग पहल गर्ने उनको योजना छ । ‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ, उनी भन्छन्, तर एकातिर ईञ्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ । यो अब हट्नुपर्छ । उनले  भने । सिडेनजको टोली आज गण्डकी प्रदेशमा पुगि कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा उपस्थिति सिडेन अध्यक्ष लक्ष्मण के।सि पुर्ब अध्यक्ष उमेश थानी , नेपाल ईन्जिनियर्स एसोसिएसनको अध्यक्ष डा हरि बहादुर दर्लामी , सिडेन प्रदेश अध्यक्ष  यादव नेपाल लगायत लोकतान्त्रिक समुह लुम्बिनी प्रदेशका अग्रजनेताहरुको उपस्थिति रहेको थियो ।

चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्र्तक्रिया गरेको लोकतान्त्रिक समुह अहिले सुदुर पश्चिम को धनगढी, कर्णालीको सुर्खेत हुदै लुम्बिनी प्रदेशको नेपालगन्ज , घोराही , बुटवल सम्म सकेर आज बेलुका गण्डकी को पोखरामा कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार