ओलीका कारण जुटेको जसपा ओलीकै कारण फुट्ला ?

17.4k Shares

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी एकतावद्ध भएर अब हुने संघीय, प्रदेश र स्थानीय निकायको चुनावमा जाने हो भने उसको स्थान अहिलेभन्दा पनि बलियो हुने निश्चितप्रायः छ । तर, त्यस अगावै जसपा फुटको नजिक पुगेको छ ।
जसपाको स्थापना नै फुटबाट बच्नका लागि आकस्मिक रुपमा भएको हो । तत्कालीन समाजवादी पार्टी नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक उद्देश्यका साथ ल्याएको दल विभाजन सजिलो बनाउने अध्यादेशले फुटको नजिक पुगेको थियो । सांसद डा. सुरेन्द्र यादवसँग जोडिएको अपहरण भनिएको घटनाले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याएको थियो । उक्त घटनामा समाजवादी पार्टीलाई फुट्न नदिन तत्कालीन राष्ट्रिय जनता पार्टीसँग रातारात एकता गरिएको थियो ।
ओलीका कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी जुटेर जनता समाजवादी पार्टी बनेको थियो । तर, अहिले ओली सरकारलाई नै साथ दिने कि नदिने भन्ने विषयमा जसपा विभाजनको संघारमा छ ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीलाई साथ दिने पक्षमा छन् । उनीहरुले १८ भन्दा बढी सांसद रहेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार