सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : मोदी

13.8k Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने बताएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै उनले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने भन्दै यसमा किन्तु परन्तु केही नभएको बताएका हुन् । 

यसअघि समितिको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुने एमालेलाई थाहा भएको बताएका थिए । ७९ को निर्वाचन सभापति चयन गर्दा दलहरूबिच सहमतिमा बाँडफाँट भएको भन्दै पुनः अर्को सहमति भए एमालेले लेखा समिति सभापति छाड्ने बताएका थिए ।   

त्यसको जवाफमा मोदीले भने, ‘एमाले सरकारबाट निस्किएपछि प्रतिपक्षका सांसदका रूपमा ऋषिकेश पोखरेललाई सभापति दिएको हो । एउटा कालखण्डमा कसैले अपराध गल्ती गर्‍यो भने त्यसरी नै जाने हो त ?’सांसद मोदीले लोकतन्त्रमा सबैभन्दा सुन्दर पक्ष गल्ती दोहोर्‍याउने भन्दा सच्याउने रहेको बताए । 

 
 
सम्बन्धित समाचार