रचनाको ‘आउ तिमी अँगालोमा’मा गम्भीर र अनिषाको रोमान्स (भिडियो)

20.3k Shares

काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल स्वर रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक शैलीमा तयार गीतमा डा. चन्द्र गिरीका शब्द तथा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन छ । 

गीतको भिडिया गम्भीर विष्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक विष्ट र अनिषा ओलीको अभिनय देख्न सकिनछ । 

भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिन समेत कलाकारको रुपमा देखिएका छन् ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

सम्बन्धित समाचार