लमजुङमा १२ प्रहरीसहित एक थुनुवामा कोरोना संक्रमण 

14.6k Shares

पोखरा । लमजुङमा १२ प्रहरीसहित एकजना थुनुवामा कोरोना भाइरसको संक्रमण भएको छ । 
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको पीसीआर परीक्षणमा २० जना संक्रमित थपिएका हुन् । 
जसमध्ये १२ जना लमजुङको वेँशीसहरमा कार्यरत नेपाल प्रहरीमा कार्यरत रहेको र एकजना थुनुवा रहेको जनाइएको छ । 
अर्को सोहि पालिका-८ का ४७ वर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल, वेँसीशहरमा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।  
त्यसैगरी अर्को एकजना नवलपुरको देबचुली-१ का ५४ वर्षीय महिला स्वास्थ्यकर्मी रहेका छन् । 
अन्य ५ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरु रहेको जनाइएको छ । 
उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

सम्बन्धित समाचार