महामन्त्रीद्वयको काउन्टर रोक्ने देउवाको दाउ

15.6k Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवाका लागि टाउको दुखाइ बनेको छ । २८ साउनमा बसेर स्थगित भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठक भोलि (७ भदौ)मा पुन बस्दै छ ।

यसअघि १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणको विषयसँगै पार्टी र सत्तामा बस्ने समयसीमाको विषय उठेपछि बैठक ११ दिनका लागि स्थगित गरिएको थियो । महामन्त्री थापाले गोदावरी महासमिति बैठकमा पेस गरेको चुनावी गठबन्धनको विषय केन्द्रीय समिति बैठकमा पेस गरेका छन् भने अर्का महासचिव विश्वप्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कतिपटक हुने भन्ने सीमा तय गर्नुपर्ने’boutको प्रस्ताव पेस गरेका छन् । दुवै जना आफ्नो प्रस्तावबाट टसमस हुने अवस्था नदेखिएपछि सभापति देउवाले छिट्टै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर दुई महामन्त्रीले राखेको प्रस्तावलाई स्थगित गराउने योजनामा छन् ।

यसअघिको केन्द्रीय समिति बैठकमा कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै गराउनुपर्ने दबाबसँगै नेतृत्व हस्तान्तरणको विषयमा संस्थापन इतरसमूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले दबाब बढाएका थिए । त्यसो त यसअघि २५ साउनमा बसेको केन्द्रीय समिति बैठकमा परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री शर्माले राखेको प्रस्तावमा असहमति जनाएकी थिइन् ।

उनले प्रधानमन्त्री बन्न पाउने विषय यतिपटक भनेर तोक्न नहुनेमा उनले अडान लिएकी थिइन् । ‘प्रधानमन्त्री कतिपटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभावकारिताका आधारमा हुने हो,’ बैठकमा राणाले भनेकी थिइन् । महामन्त्री थापाको आगामी निर्वाचनमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार