२१ वर्षका युवक अमेरिकी डलर तस्करीमा, विभागले दायर गर्‍यो २६ लाखको मुद्दा

17.7k Shares

काठमाडौँ । अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध  २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ। राजश्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै  मुद्दा दायर गरेको हो ।

विभागले भदौ ३ गते जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।  विभागले  अवैध अमेरिकी डलरसमेत ओसारपसार  कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरेको थियो । उनी चीनतर्फ पैदल यात्रामार्फत जाँदै थिए । उनीमाथि शङ्का लागेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालय टिमुरेका कर्मचारीले सोधपुछका लागि नियन्त्रणमा लिएका थिए । संयुक्त टोलीले चेकजाँच गर्ने उनको साथबाट अमेरिकी डलर बिस हजार बरामद भएको थियो । 

बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको दाबी अभियोग पत्रमा गरिएको छ।

 
 
 
 
सम्बन्धित समाचार