सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग बयान लिने

13.6k Shares

काठमाडौं - सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ ।

समितिले हिजो गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो । 

जीबी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सह(महामन्त्री आचार्यको नाम पनि जोडिएको छ । 

समितिले शनिबार सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेका दीपेश पुनसँग पनि बयान लिएको थियो । समितिले हालसम्म सहकारी ठगीमा थुनामा रहेका सञ्चालक तथा आरोपीसँग पनि बयान लिइसकेको छ। सोधपुछको काम अन्तिम चरणमा पुर्‍याएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार