19.9k
Shares
काठमाडौँ । सरकारले विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिन वार्ता टोली गठन गर्ने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर अर्थात् १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारले जनाएको हो ।