15.4k
Shares
एजेन्सी– रूस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रूसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरोडका रूसी गभर्नरले सोमबार बताएका छन्।
बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत् जारी गरेको भिडियोमा “क्रास्नोयारुस्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गरे।
रूसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयबासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उनले बताए। उनले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिए।