काठमाडौँ । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी‘अलाइभ ग्लाइडर’भनिने किसन राई हुन् ।