पेरिस ओलम्पिक : ३९ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा

15.6k Shares

काठमाडौं-पेरिस ओलम्पिक २०२४ मा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्य सहित कुल ९० पदक जितेको छ । अन्तिम दिनअघि दोस्रो स्थानमा झरेको अमेरिकाले चीनभन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५औं दिनको समाप्तिसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्यसहित कुल ४५ पदक जितेको छ । १५औं दिन अस्ट्रेलियाले थप २ स्वर्ण हात पार्यो ।

चौंथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित कुल ४३ पदक जितेको छ । आयोजक फ्रान्सले १६ स्वर्णसहित कुल ६२ पदक हात पारेको छ । 

१४ स्वर्ण २२ रजत र २२ कास्य जितेको ग्रेट ब्रिटेन छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः ७औं, ८औं र ९औं स्थानमा छन् । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ६२ देशले कम्तिमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । 

सम्बन्धित समाचार