बरिष्ट समाजसेवी तथा उद्योगी हिराधन राई नेपाल पर्यटन बोर्डमा फेरी सम्मानित (तस्बीरसहित)

22.7k Shares

काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालद्धारा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१ मा बरिष्ट समाजसेवी तथा उद्योगी हिराधन राई नेपाल पर्यटन बोर्डमा फेरी सम्मानित हुनुभएको छ । काठमाडौँको नेपाल पर्यटन बोर्डमा प्रतिनीधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा राईलाई एक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरिएको हो । 
विगत लामो समयदेखि हिराधन राईले सामाजिक कार्यमा टेवा पुर्याउँदै आउनुभएको छ भने हजारौँ दक्ष जनशक्तिलाई रोजगारमूलक कार्यक्रम प्रदान गरी समाजमा ठूलो योगदान पनि दिँदै आउनुभएका कारण वहाँलाई उक्त सम्मान प्रदान गरिएको थियो । पहिलो बर्ष पनि पर्यटन बोर्डमै राईलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रममा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई विशिष्ट सम्मान लगायत अरु थुप्रै स्रष्टाहरुलाई पनि सम्मान एवं पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सभापतिको आसन संस्थाका कोषाध्यक्ष रञ्जु राईले गनुभएको थियो भने कार्यक्रमको संयोजकत्व दिल बहादुर कटुवालले गनुभएको थियो ।
कार्यक्रममा पञ्चे बाजाको धुनले कार्यक्रमलाई मनमोहक बनाएको थियो भने थुप्रै छात्रछात्राहरुले संस्कृति झल्काउने नृत्य, बाजा, गायन प्रस्तुत गरेका थिए । अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रम ५ बजे समापन भएको थियो ।   

c.jpgf.jpge.jpgb.jpga.jpg4.jpg

सम्बन्धित समाचार