काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालद्धारा 'नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१' मा समाजसेवी तथा व्यवसायी जीवन थापा विशेष सम्मानद्धरा विभुषित हुनुभएको छ । काठमाडौँको नेपाल पर्यटन बोर्डमा प्रतिनीधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा थापालाई एक कार्यक्रमका बीच उक्त विशेष सम्मानद्धारा विभुषित गरिएको हो ।
थापाले विगत लामो समयदेखि सामाजिक कार्यमा टेवा पुर्याउँदै आउनुभएको छ भने सयौँ दक्ष जनशक्तिलाई रोजगारमूलक कार्यक्रम प्रदान गरी समाजमा ठूलो योगदान पनि दिँदै आउनुभएका कारण वहाँलाई उक्त विशेष सम्मान प्रदान गरिएको थियो ।
अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रममा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई विशिष्ट सम्मान लगायत अरु थुप्रै स्रष्टाहरुलाई पनि सम्मान एवं पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सभापतिको आसन संस्थाका कोषाध्यक्ष रञ्जु राईले गनुभएको थियो भने कार्यक्रमको संयोजकत्व दिल बहादुर कटुवालले गनुभएको थियो ।
कार्यक्रममा पञ्चे बाजाको धुनले कार्यक्रमलाई मनमोहक बनाएको थियो भने थुप्रै छात्रछात्राहरुले संस्कृति झल्काउने नृत्य, बाजा, गायन प्रस्तुत गरेका थिए । अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रम ५ बजे समापन भएको थियो ।


