नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१ सम्पन्न

20.3k Shares

काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालद्धारा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१ सम्पन्न भएको छ । काठमाडौँको नेपाल पर्यटन बोर्डमा प्रतिनीधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रममा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई विशेष सम्मान लगायत अरु थुप्रै स्रष्टाहरुलाई सम्मान तथा प्रशंसापत्र लगायत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सभापतिको आसन संस्थाका कोषाध्यक्ष रञ्जु राईले गनुभएको थियो भने कार्यक्रमको संयोजकत्व दिल बहादुर कटुवालले गनुभएको थियो ।
कार्यक्रममा पञ्चे बाजाको धुनले कार्यक्रमलाई मनमोहक बनाएको थियो भने थुप्रै छात्रछात्राहरुले संस्कृति झल्काउने थुप्रै नृत्य, बाजा, गायन प्रस्तुत गरेका थिए । अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रम ५ बजे समापन भएको थियो ।   

4.jpg2.jpg3.jpg

सम्बन्धित समाचार