14.9k
Shares
किएभ । युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेक सबै २७ लडाकु ड्रोनलाई खसालेको बताएको छ ।
सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो ।
किएभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो, तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किएभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ ।