अमेरिकाले शेख हसिनालाई 'दिन मानेन भिसा'

17.9k Shares

काठमाडौं । अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज' गरेको छ । भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार विगतमा हसिनाको अमेरिकासँग राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय अमेरिकाले उनको 'निरंकुश प्रवृत्ति'को आलोचना गरेको थियो ।

ढाकास्थित अमेरिकी दूतावासका प्रवक्ताले भिसाको रेकर्ड अमेरिकी कानुनअनुसार गोप्य रहने भएकाले व्यक्तिगत भिसा केसहरूको विवरणबारे बताउन नमिल्ने बताएका छन् ।

बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिना अब बेलायत जाने अपेक्षा गरिएको छ । उनी सुरुमै नयाँ दिल्लीबाट लन्डन जाने तयारीमा थिइन् । तर, बेलायत सरकारले कुनै पनि सम्भावित अनुसन्धानविरुद्ध बेलायतमा कानुनी सुरक्षा नपाउने संकेत गरेपछि उनले अन्य विकल्पबारे सोचिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार