नेकपा सचिवालय बैठक भदौ १८ गते सर्‍यो

18k Shares

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालयको बैठक भदौ १८ गतेसम्म सार्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो ।
भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा पेस गर्ने कार्यसूची थियो । पार्टीभित्रको विवाद समाधान हुन नसक्दा साउन १८ गतेदेखि स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन । 
भोलिको बैठक स्थगित हुनुको कारण भने खुल्न सकेको छैन ।

सम्बन्धित समाचार