काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो । गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।