चलचित्रमा कमब्याक गर्दै राजेश हमाल

17.6k Shares

काठमाडौं । लामो समयपछि नायक राजेश हमाल चलचित्रमा फर्किने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा राजेश चलचित्रमा फर्किने भएका हुन् । अनटाइटल प्रोजेक्टमा राजेश अनुबन्ध भएका छन् । आइतबार (आज) राजेश हमालले निर्माणपक्षसँग कागजी सम्झौता गरेका छन् । 

राजेश र दिवाकरबीच भएको कागजी सम्झौताको तस्बिर सार्वजनिक भएको छ । चलचित्र एक्सन ड्रामा हुने बताइएको छ । राजेशका लागि यो चलचित्र कमब्याक हुनेछ । राजेश सेतो पर्दामा नदेखिएको करिब आठ वर्ष भइसकेको छ ।   

चलचित्र ‘वाग्मती’ राजेशले गरेको पछिल्लो चलचित्र हो । त्यसयता उनले चलचित्रमा काम गरेका छैनन् । ‘वाग्मती’अघि राजेशको चलचित्र ‘शकुन्तला’ रिलिज भएको थियो । यी दुवै चलचित्र बक्सअफिसमा असफल भएपछि राजेशले ब्रेक लिएका थिए । 
 

सम्बन्धित समाचार