बढ्दै हैजाको प्रकोप, देशभर २५ जना बिरामी फेला

16.7k Shares

काठमाडौं – देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौं, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताएका छन् । उनका अनुसार ललितपुरमा १६, काठमाडौंमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका छन् ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने घिमिरे बताए ।

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावन हुने गर्दछ । हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानु हुँदैन ।

सम्बन्धित समाचार