पाहुना आएका भिनाजुको हत्या

13k Shares

काठमाडौं । सोलुखुम्बुमा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–२, देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत छन् ।

थुलुङ दूधकोसी–१, नेलेका आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको उनीमाथि आरोप छ । खुकुरी प्रहार गरी सुरेशको हत्या गरेको आरोपमा शनिबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार