यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’
उनका अनुसार माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको हो । मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको उनले बताए । ‘हामीले स्ट्रेचर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन,’ भुसालले भने, ‘यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ ।’